२४ कार्तिक २०७७, सोमबार   611 पटक हेरिएको


image

कोरोना महामारीपछिको लकडाउनसँगै बन्द भएको ‘सक्किगो नि…’ आगामी २० मंसिरबाट पुनः प्रसारणमा आउने भएको छ । यो

टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन ।

टेलिसिरियल अब हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । पुरानै कलाकार र पुरानै विषयवस्तुमाथि बन्ने सिरियल प्रसारण गरेको पैसा तिर्न नपर्ने भएपछि हिमालय टेलिभिजनमा गएको घिमिरेले बताए ।
नेपाल टेलिभिजनमा प्रत्येक साता साढे दुई लाखभन्दा बढी रकम ब्रोडकास्टका लागि तिर्नु पर्ने थियो। अब भने हिमालय टेलिभिजनबाट प्रसारण हुने भएपछि धेरै राहत हुने कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले जानकारी दिनु भयो। तर, युट्युबमा भने पुरानै च्यानल ओएसआर डिजिटलबाट सोही दिन राती ९ बजे प्रसारण हुने छ।

“सक्किगोनी” घोषणा कार्यक्रमका झलकहरु





सम्बन्धित समाचार