PalikaExpress
२ पुष २०७९, शनिबार
86 पटक हेरिएको

काठमाडौं:- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ।
निगमले पुस १ गते शुक्रबार राति १२ बजे बाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। इन्डियन आयल कर्पोरेसनबाट निगमलाई मूल्य सूची घटेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले घटाएको छ ।

अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ पर्ने भएको छ । एलपी ग्याँसको मूल्य र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन नगरि यथावत नै राखिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।