२४ कार्तिक २०७७, सोमबार   107 पटक हेरिएको


image

कुनै अफिसमा काम गर्दा तपाइले पुरै समय खर्चिनु पर्छ गार्हो हुन सक्छ , सकिन्न जस्तो लाग्छ कि ? आउनुहोस त्यस्तो काम पनि छन् , जसले तपाइको थोरै मेहेनतलाई  धेरै प्रतिफल दिने उपाएमा  हामी तपाइलाई लिएर जादै छौ ।बेलाबेला कुनै पनि नया तथा पुराना कम्पनीले साधारण शेयर निस्कासन गरेको हुन सक्छ, त्यसको लागि तपाइले थोरै पुजी लगाउन सक्नुहुनेछ । तर, सेयर बजारमा लगानी गर्दा तपाइँले यसबारे राम्रै अध्ययन गर्नुपर्छ। आज भोलि १००० रुपैयामा नै कम जोखिम लिएर साधारण सेयरमा लगानी गर्न सक्नुहुने छ । त्यसको लागि तपाइले आफ्नो सम्बन्धित बैंकमा गएर डिम्याट खाता खोलि  आवेदन दिन सक्नुहुनेछ। शेयर तपाइको नाममा परेपछि दिर्घकालिन रुपमा  राख्न  पनि सक्नु हुनेछ। यसका लागि तपाइँले सेयर बजारसँग सम्बन्धित विज्ञहरु, फेसबुक ग्रुपमा, विभिन्न शेयर बजारसंग सम्बन्धित अनलाइन समाचारमा  प्रवेश गरेर  शेयर सम्बन्धि जानकारी लिन सक्नुहुनेछ।  वा लामो समयदेखि यसमा लागेहरुसँग रायसल्लाह लिन सक्नुहुन्छ।  यदि तपाइँले सही समयमा सही सेयरमा लगानी गर्नुभयो भने आजको मेहेनत भोलिको पेन्सन बनाउन सकिन्छ।

बैंक तथा फ़ाइनान्स कम्पनिमा बिना जोखिमा आफुसंग भएको पैसा निश्चित अबधिको लागि राख्न सक्नुहुनेछ । थोरै थोरै पैसालाइ पनि तपाइले एकमुस्ट रुपमा जम्मा गराउन सक्नुहुनेछ । विभिन्न बैंक तथा फ़ाइनन्स कम्पनीले बजतमा नया नया योजना पस्किराखेको हुन सक्छ । यसको लागि विभिन्न बैंक फ़ाइनान्सको ब्याज दर अध्ययन गरेर पैसा राख्न सक्नुहुनेछ  ।  यसको राम्रो विकल्प भनेको मुद्दति निक्षेप नै हो। हाल विभिन्न बैंकहरुले संस्थागत र व्यक्तिगत रुपमा समयावधि हेरेर मुद्दति निक्षेपमा राम्रै ब्याजदर दिँदै आएका छन्। कमाई धेरै भएपनि खर्च गर्ने बानिमा पनि  सुधार गर्नुपर्ने हुन्छ । कमाई र खर्चको अन्तरलाई पनि सन्तुलनमा ल्याउन सक्नुपर्ने हुन्छ। आजको बजत भोलिको पेन्सन आफैले सृजना गर्नुहोस । हजुरको भबिस्य उजज्वोल हुनेछ।

सोम नारायण श्रेष्ठ, काठमाडौँ





सम्बन्धित समाचार