२४ कार्तिक २०७७, सोमबार   139 पटक हेरिएको


image

ग्रीन भेञ्चर लिमीटेडले सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले रु. १०० दरका ६२ लाख ५० हजार कित्ता साधारण सेयर निश्कासन गर्ने भएको हो । कम्पनीले साधारण सेयर निश्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडलाई सेयर निश्कासन तथा बिक्री प्रबन्धक नियुक्तिको सम्झौता गरेको छ । ग्रीन भेन्चरले हाल नेपाल भरिका विभिन्न मध्यमदेखि ठूला आकारका जलविद्युत परियोजनाहरू विकास गर्दैछ। ग्रीन भेन्चर्सले अग्रणी विश्वव्यापी उर्जा उत्पादकहरूको साथ संयुक्त लगानी गर्ने भएको छ । यस्तो सम्झौता कात्तिक १९ गते भएको लक्ष्मी क्यापिटल लिमीटेडले जनाएको छ । सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रीन भेन्चर लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष सुभाषचन्द्र संघईले हस्ताक्षर गरेका छन् ।





सम्बन्धित समाचार