१८ मंसिर २०७९, आईतवार   134 पटक हेरिएको


image

काठमाण्डौ:- एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २७ गते देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र  वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा  ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

यस आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका–१० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूण वडाहरू) माई जोगमाई गाउँपालिका वडा नम्बर ३, ४ (साविक नाम्सालिङ गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरू तथा नयाँबजार गाविसको वडा नम्बर ५) तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ (साविक माघेसुन्तले र तीनघरे गाविसका सम्पूर्ण वडाहरू तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३, ४ र ५ ) का स्थानीय बासिन्दाहरूले १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।  

स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्ता र देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।उक्त आईपीओमा स्थानियले छिटोमा पुस १२ गते सम्म र ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने पुस १२ गतेसम्म मात्रै आवेदन दिन सक्ने छन् । यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

यस कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै,आयोजना प्रभावित स्थानीयहरूले भने बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार