
काठमाडौं:- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर १६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको नगद लाभांश ५.२६ प्रतिशत (कर प्रयोजनका लागि समेत ) गरी गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश आगामी हुने कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । कम्पनीको दशौं वार्षिक साधारण सभा पुस २० गते बुधबार हुने भएको छ ।
कम्पनी उक्त बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस ५ गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस ४ गते सम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।