१८ मंसिर २०७९, आईतवार   130 पटक हेरिएको


image

काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मङ्सिर १८ गते अन्तिम दिन रहेको छ । 

सानिमा बैंकले वार्षिक साधारण सभाको मितितय गरेको छ । कम्पनीको मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले १८ औ बार्षिक साधारण सभा आगामी पुस ३ गते आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे बाट सुरु हुने जनाएको छ ।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर १०% र नगद लाभांश ०.९८% प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १०.९८% वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सोहि सभामा अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । साथै, सोहि सभा मार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । बैंकको बार्षिक साधारण सभा प्रयोजनका लागि मङ्सिर १९ गते बुक क्लोज हुने जनाएको छ ।

यसकारण   मङ्सिर १८ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार