PalikaExpress
१६ मंसिर २०७९, शुक्रबार
148 पटक हेरिएको

काठमाडौं:- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको मंसिर १५ गते विहिबार बसेको सञ्चालक समितिको १९८ औ बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १९ प्रतिशत र नगद लाभांश १ प्रतिशत ( कर प्रयोजनका लागि समेत ) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात लघुवित्त कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पछी वितरण गरिनेछ ।