PalikaExpress
१५ मंसिर २०७९, बिहीबार
136 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल एसबीआई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ ।बैंकले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
नेपाल एसबीआई बैंकले रुपैया १००० अंकित दरमा २० लाख कित्ताको २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न मङ्सिर १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कुल निष्कासित ऋणपत्र मध्ये बैंकले सर्व-साधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्ने भएको छ ।
यस बैंकले १० वर्ष अवधि, वार्षिक ९.७५ प्रतिशत व्याजदर भएको “१० वर्ष, ९.७५.% नेपाल एसबीआई बैंक डिबेन्चर २०८९” नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यस बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।