१५ मंसिर २०७९, बिहीबार   204 पटक हेरिएको


image

काठमाडौं:- सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

बैंकको मंसिर १४ गते बुधबार बसेको सञ्चालक समितिको ३७२ औ बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको १२ औ वार्षिक साधारण सभाले पारित गरे पछि शेयरधनीहरुलाई  वितरण गरिनेछ ।





सम्बन्धित समाचार