
काठमाडौं:- युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज मङ्सिर १५ गते अन्तिम दिन रहेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताब गरेको थियो । कम्पनीले बार्षिक साधारण सभा र प्रस्तावित लाभांश वितरण प्रयोजनका भोली अर्थात मङ्सिर १६ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आज सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको बार्षिक साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले मङ्सिर २८ गते १३ औँ वार्षिक साधारण सभा आहवान गरेको छ। सो सभा आभ्या क्लब पोखरामा बिहान ११ बजेबाट शुरु हुने जनाएको छ।
सो सभाले लाभांश वितरण गर्ने,लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ।