१३ मंसिर २०७९, मंगलवार   143 पटक हेरिएको


image

काठमाडौं:-बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्व-साधारणका लागि मङ्सिर २१ गते देखि साधारण शेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको १ लाख ४ हजार ३९० कित्ता सहित कुल ५ लाख ५४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। 

जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

सर्व-साधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले छिटोमा मङ्सिर २६ गते र ढीलोमा पुस ६ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै , मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार