११ मंसिर २०७९, आईतवार   1102 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मधेस प्रदेश सरकारले भोलि मङ्सिर १२ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले सोमबार सार्वजनिक विदा दिइने बताएका छन् ।

विवाह पञ्चमीको अवसरमा राउतले विदा दिने जानकारी दिएका छन् । त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सवको अवसरमा  सम्पूर्ण हिन्दु धर्मावलम्बी तथा यस महोत्सवमा सहभागी हुन् जनकपुरधाममा पाल्नु भएका सम्पूर्ण श्रद्दालु भक्तजनहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै विज्ञप्ति जारी गर्नु भएको  छ   ।





सम्बन्धित समाचार