PalikaExpress
२९ कार्तिक २०७९, मंगलवार
157 पटक हेरिएको

काठमाडौं:- सरकारले मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज कार्तिक २९ गते मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मतदान स्थल रहेका शिक्षण संस्था /विद्यालयहरूमा मङ्सिर २ गते देखि ५ गते सम्म बिदा रहने जनाएको छ ।