२५ कार्तिक २०७९, शुक्रबार   70 पटक हेरिएको


image

काठमाडौं :- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याईएको छ ।

बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।

निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिका भन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ ।





सम्बन्धित समाचार