
राष्ट्रिय सहकारी बैंक लिमिटेड, फिदिम शाखाले गत आर्थिक वर्ष २०७६/७७ मा शाखा कार्यालय अन्तर्गत उत्कृष्ट र नियमित कारोबार गर्न सफल भएका दुई वटा सहकारी संस्थालाई सम्मानपत्र वितरण कार्य सम्पन्न गरेको छ। कार्यक्रमा पूर्व माननिय संविधान सभा सदस्य, अन्तराष्ट्रिय सहकारी महासंघको नेपाल प्रतिनिधि तथा राष्ट्रिय सहकारी महासंघको बरिष्ठ उपाध्यक्ष आदरणीय ओमदेवी मल्ल ज्यु प्रमुख अतिथी, फिदिम नगरपालिकाका मेयर आदरणीय ओनहाङ नेम्वाङ ज्युको विशिष्ठ अतिथी र फिदिम नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत आदरणीय अम्बिक प्रसाद अधिकारी ज्युको विशेष आतिथ्यता तथा जिल्ला सहकारी संघ पाँचथरको प्रतिनिधि श्री महेन्द्र प्रसाद लुईटेलको सभापतित्वमा सम्पन्न भएको थियो। बैंकले गत आ. व. मा उत्कृष्ठ तर्फ शाखा कार्यालयमा आवद्ध सहकारी संस्था मध्येबाट शाखा कार्यालयमा सबैभन्दा बढि रु १ करोड २२ लाख शेयर खरिद गर्न सफल फुङलिङ ५, ताप्लेजुङ स्थित श्री ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था लि. र नियमिततर्फ श्री कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि. फिदिम, पाँचथरलाई सम्मानपत्र वितरण गरेको थियो।

यसै शिलशिलामा संघिय सरकारको समेत शेयर स्वामित्व रहेको यस राष्ट्रिय सहकारी बैंक लिमिटेडले स्थानिय सरकारलाई समेत बैंकमा आवद्ध गराउने नीतिअनुरुप पाँचथर जिल्ला फिदिम नगरपालिकाले पनि बैंकमा आवद्धताको लागि रु ५ लाख बराबरको शेयर खरिद गर्ने निर्णय सहित यस बैंकमा चेक हस्तान्तरण गर्ने कार्य समेत सम्पन्न गरेको छ । चेक हस्तान्तरण कार्य नगरपालिकाका मेयर, प्रमुख प्रशासकिय अधिकृत तथा राष्ट्रिय सहकारी महासंघको बरिष्ठ उपाध्यक्ष ज्यु सहितको उपस्थीतिमा संयुक्त रुपमा हस्तान्तरण गरेको थियो।
कार्यक्रममा जिल्ला सहकारी संघका तर्फबाट महेन्द्र लुईटेलले पाँचथर जिल्लाको समग्र सहकारी संघ संस्थाको अवस्था समस्या, चुनौती र सम्भावनाको बारेमा सरसर्ती ब्याख्या गर्नु भएको थियो भने विभिन्न प्रारम्भिक सहकारी संस्थाबाट उपस्थित प्रतिनिधि ज्युहरुले समेत अ–आफ्नो जिज्ञासा तथा गुनासाहरु राखेको थियो। यसै सन्दर्भमा नीतिगत कुरा लगायत राज्यको तिनखम्बे अर्थ नीतिको रुपमा सहकारीलाई स्थापित गराउन नगर पालिका हरदम तयार रहेको र सहकारी अभियानलाई माथि उकास्न अझ प्रभावकारी नीतिको तर्जुमा गर्ने कुरा नगर पालिकाको मेयर र प्रमुख प्रशासकिय अधिकृत ज्युले उपस्थित सहकारी कर्मीहरुमा राख्नु भएको थियो।
बैंककै कार्यालयमा सञ्चाल भएको कार्याक्रममा बैंकका शाखा प्रमुख बुद्धरामबलले कार्यक्रम सञ्चालन कै दौरानमा राष्ट्रिय सहकारी बैंक र सहकारी संघ संस्थाविचको अन्तर सम्बन्ध र सहकारी बैंकसंग कारोबार गर्दा हुने दीर्घकालिन फाईदा र अन्य वित्ती संस्थासंग कारोबार गर्दा हुने फाईदा/बेफाईदाको बारेमा उपस्थित सहभागीहरुमा आफ्नाभनाई राख्नु भएको थियो। अन्त्यमा समग्र सहकारीकर्मीहरुको जवाफदिनु हुदै महासंघका बरिष्ठ उपाध्यक्ष आदरणिय ओम देवीमल्ल ज्युले अन्तराष्ट्रिय सहकारी मापदण्ड सहित नेपालमा स्थानिय, प्रदेश र संघिय तहमा सहकारी अभियानको क्षेत्रगत आधारहरु के कस्तो रहेको छ र नियमनको अख्तियार के कसरी केन्द्रीत वा विकेन्द्रीत भएको छ ? भन्ने कुराहरु समेत स्पस्ट पारिदिनु भएको थियो।
