२३ कार्तिक २०७७, आईतवार   94 पटक हेरिएको


image

आजको समयमा अंगूर नचिन्ने मानिस कमै होलान यो अंगुर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादका निकै रसीलो ,गुलियो र अमिलो हुने गर्दछ । यो एउटा लहरे फल हो । यो जुन सुकै बेला पनि सेवन गर्न सकिन्छ । यसको रंग र आकार पनि भिन्न भिन्न प्रकारको रहेको हुन्छ ,भूगोल र भौगोलिक अवस्था अनुसार यसको उत्पादन गरिएको  हुन्छ  ।

अंगुर सबैलाई मन पर्ने फलफुल हो अंगुरलाई औषधीको रुपमा प्रयोग पनि गर्न सकिन्छ भन्ने सबैलाई थाहा नहुन सक्छ । यसले मानिसको सुन्दरतासँगै स्वास्थ्यमा समेत फाइदा गर्छ । अंगुर खानाले कब्जियतको समस्याबाट टाढा राखी पाचनशक्तिलाई स्वस्थ राख्न सहयोग गर्छ ।

यसको नियमित सेवनबाट छालाको सौन्दर्य, रुघाखोकी आदिबाट छुटकारा पाउन सकिन्छ । रक्तस्रावको समस्यामा एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ । घाउ, खटिरा निको पार्न पनि अंगुर सहयोगी हुन्छ ।

त्यसैले डाक्टरहरु यस्ताखाल रोगीहरुको लागी नियमित अंगूर खान सल्लाह दिने गर्दछन । नियमित अंगुरको सेवन गर्नाले कोलस्ट्रल कम गर्न मद्दत गर्छ ।

यसको सेवनले किड्नीको समस्या समाधान गरी युरिक एसिड कम गर्न ,क्यान्सर,मधुमेह ,ह्रदय रोग,पाचन प्रक्रिया ,आखा स्वास्थ्य राख्न  बिरुद्द रक्षा गर्न मदद गर्दछ ।





सम्बन्धित समाचार