
कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य स्वरूप घर घरमा बत्ती बाली लक्ष्मीलाई स्वागत गरिन्छ । कात्तिक कृष्ण आंैसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ । साँझ घरको सरसफाइ गरी मूल ढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ छ । सबैतिर सफा राखी आँगन, दैलो¬, झ्यालढोका, चोटा, कोठा, भर्यांङ्ग , अटाली, कौसी, बरन्डा, आदि ठाउँमा बत्ती बालिने हुनाले पनि यो चाडलाई दीपावली पनि भन्ने गरिन्छ । झिलिमिली पार्न विद्युतीय बत्ती, मैन बत्ती, दियोमा बत्ती तथा पाला र केराका सुत्लामा तेलमा भिजाइएको कपास प्रयोग गरिन्छ ।
गाउँघरमा आँगन, पिँढीमा गाईको गोबर र रातो माटोले लिपेर सफा बनाउने गरिन्छ । घरका झ्यालढोकाका साथै पानी सार्न प्रयोग गर्ने गाग्रीलोटामा फूलका माला लगाएर सिँगार्ने गरिन्छ । दीपावलीपछि घरको पूजाकोठामा आफूसँग भएका सुनचाँदीका गरगहना, नगद, रोटी र फलफूल राखेर फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्ने परम्परा छ । लक्ष्मीपूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आर्थिक संकट नपर्ने जनविश्वास छ । लक्ष्मीपूजाका दिन बिहानै पूजाकोठा, पसल, उद्योगलगायतमा सरसफाइ गरी फूलको माला लगाइदिने चलन छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । हिन्दुधर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनेर पुज्ने गरिन्छ । लक्ष्मीलाई सुन्दरताको साथै सफल सौभाग्य,समृद्धि र सम्पन्नताको रुपमा पनि मानिन्छ । आज हामी तपाईहरुलाई लक्ष्मी मातालाई कसरी खुसी पार्ने र सम्पन्न बनाउने भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।
सुरे देखि अन्त्यसम्म पढ्नु होला-
१) कुबेरको मूर्ति घरमा राख्नु पनि उत्तम मनिन्छ। त्येसैले लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । कुबेरले लक्ष्मीको रक्षा गर्ने भएकोले कुबेरको मूर्ति राख्ने ठाउँ सफा हुनुपर्ने छ । कुबेर भुलेर पनि नछुटाउनु होला ।
२) श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । धर्मशास्त्र अनुसार श्रीफल भनेको पनि लक्ष्मी नै हुन् । लक्ष्मी को दर्सन, पुजा गर्दा यस्तो कार्य सम्झेर गर्नु होला ।
३) पारोले बनाएका जुनसुकै सामग्री हरु राख्नु लक्ष्मीको लागि विशेष मानिन्छ । पारोले बुनेका चित्र वा मूर्ति घरमा राख्नु फलदायी मानिन्छ । जहाँ श्रीङार त्यहा स्त्री भने जस्तै यस्तो सामान सम्झनु होला सजावट को लागि । समुन्द्रबाट उत्पति भएकी भनिएकी लक्ष्मीलाई मुगा निकै मन पर्ने धार्मिक शास्त्रमा उल्लेख छ। मुगा चढाउँदा धन प्राप्त हुने विश्वास छ ।
४) चाँदिले बनेका लक्ष्मी र गणेशका मूर्ति एकै ठाउँमा राख्नु राम्रोे मानिन्छ । घरमा राखिएका यस्ता मूर्तिको पुजा दैनिक रुपमा गरिनुपर्ने छ । लक्ष्मीलाई अझै खुसी पार्ने अर्को उपाय रहेको छ। श्री यन्त्रको प्रयोग र यसको पुजा गर्नाले लक्ष्मी खुसी हुने विश्वास रहेको छ। लक्ष्मी पुजा गर्दा सम्झनुपर्ने हुन्छ ।
५) कमलको बियो लक्ष्मीलाई चढाउँदा लक्ष्मी प्रसन्न हुने विश्वास रहेको छ । कमलको बियोले घरमा धनको वृद्धि हुने छ।
सबैको घर घरमा लक्ष्मीले बास गरुन।
सुभकामना। सुभकामना। सुभकामना।