प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता बराबरको आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको लागि निवेदन दिएको छ । सो साधारण शेयर जारी गर्ने को लागी सेबोन (SEBON) बाट प्रारम्भिक समीक्षा भईरहेको जानकारी प्राप्त भएको छ ।
धितोपत्र बोर्डमा सम्पूर्ण प्रक्रिया पुरा भएपछि कम्पनीलाई आइपीओ निष्कासन गर्न बाटो खुल्नेछ ।

कम्पनीको चुक्तापूँजी रू १ अर्ब ४० करोड रहेको छ । ६० लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट पछि पूँजी रू २ अर्ब पुग्नेछ । ICRA Nepal ले सो (आई पि ओ) लाई IPO Grade 4 तोकेको छ ।
पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरुलाई पुँजी वृद्धिको लागि बीमा संस्थानले ताकेता गरिसकेपछि सबैले धमाधम आइपिओ निष्कासन गर्ने क्रम जारी रहेको छ ।
जीबन बिमा कम्पनीहरुमा बिस्तारै प्रतिस्पर्धा बढ्दै गएको छ , जस मध्य नेपाल लाईफ इन्सुरेन्स ले सबै भन्दा बढ़ी प्रीमियम कमाऊन सफल भएको छ , भने सबै भन्दा कम महालक्ष्मी जीबन बिमा कम्पनी रहेको छ ।
