१५ आश्विन २०७९, शनिबार   168 पटक हेरिएको


image

पालिका एक्सप्रेस, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौँ वार्षिक साधारण सभाको आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको असोज १३ गते बिहीबार बसेको १०२ औ बैठकले वार्षिक साधारण सभा कात्तिक ६ गते काठमाण्डौको ज्ञानेश्वर स्थित लिसरा ब्यांकेटमा बिहान ११:३० बजे बाट सुरु हुने जनाएको छ। 

सोहि सभाले सर्व-साधारणका लागि जारी गरिने जारी पुँजीको ३० प्रतिशत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।  सभाले सञ्चालक नियुक्तिको अनुमोदन गर्ने रहेको छ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन साथै सोहि आ.ब.को वासलात,नाफा नोक्सान हिसाब ,तथा नगद प्रबाह विवरण सहितका अन्य प्रस्ताब उपर छलफल गरी पारित गर्ने छ । 

सभाले  लेखापरीक्षकको प्रतिवेदन अनुमोदन  गर्नुका साथै लेखा परिक्षक नियुक्त र निजको पारिश्रमिक पनि निर्धारण गर्ने छ  ।





सम्बन्धित समाचार