१५ आश्विन २०७९, शनिबार   1565 पटक हेरिएको


image

पालिका एक्सप्रेस, पिपुल्स हाइड्रोपावर लिमिटेडले गत भाद्र ३१ गते देखि सर्ब-साधारणको लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ)मा आबेदन दिने म्याद थपिएको छ।

हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको  थियो । अब यस हाइड्रोपावरको साधारण शेयर (आईपीओ)मा असोज ३० गते सम्म आवेदन दिन सकिने भएको छ ।

यस हाइड्रोपावर कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित दरका ३२ लाख कित्ताको ३२ करोड रुपैया बराबरको  शेयर निष्काशन गरेको हो।

सो मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ।

स्थानीय बासिन्दाले यसमा ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरि, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार