२३ कार्तिक २०७७, आईतवार   314 पटक हेरिएको


image

सानिमा बैंक लिमिटेडले १६ औ  वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सो साधारण सभा कार्तिक २८ गते शुक्रबार आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

 सभाले  आर्थिक वर्ष  २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारीत गरिनेछ भने लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात तथा सोहि अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरिनेछ । 

यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको तथा पारिश्रमिक निर्धारण गर्नुका साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १३.६० क दरले  लाभांश वितरण गर्न स्वीकृत गरिनेछ । 

विश्वभर फैलिएको कोभिड-१९ महामारीको कारण शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराइनेछ । 





सम्बन्धित समाचार