१४ आश्विन २०७९, शुक्रबार   250 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा बारा जिल्लाको होटल क्लासिक सिमरामा असोज १३ गते सम्पन्न भएको हो ।

कम्पनीको भाद्र २२ गते बसेको संचालक समितिको १७४ औ बैठकले गरेको निर्णयानुसार १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सभाले गत आर्थिक वर्ष २०७७/०७८ बाट प्रस्तावित बोनस सेयर १४.५० प्रतिशत र नगद लाभांश ०.७६ प्रतिशत (कर प्रयोजनका लागि)  गरी कुल १५.२६ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै कम्पनीको  प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१:४९ कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

कम्पनीले बार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश  वितरण प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो । जस अनुसार असोज ३ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने  छन् ।





सम्बन्धित समाचार