१४ आश्विन २०७९, शुक्रबार   145 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको १९१ औ बैंठकले सभा कार्तिक ४ गते कम्पनीको प्रधान कार्यालय काठमाडौंमा विहान ११ बजेबाट हुने भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट बोनश सेयर ७.४४ प्रतिशत र नगद लाभांश ०.३९१७१ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ७.८३  प्रतिशत को प्रस्तावलाई अनुमोदन गर्नेछ ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, वासलात लगायत अन्य वित्तीय विवरण उपर छलफल गरी पारीत गर्नेछ ।

त्यसैगरी, कम्पनी एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको असोज  २६ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण, त्यस दिन अघि सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने छन भने कम्पनीको बार्षिक  साधारण सभामा पनि भाग लिन सक्ने छन्।





सम्बन्धित समाचार