१३ आश्विन २०७९, बिहीबार   131 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल ल्यूव आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज १३ गते अन्तिम दिन रहेको । कम्पनीले भोलि असोज १४ गते देखि असोज २८ गते सम्म बुक क्लोज गर्दैछ ।

त्यसकारण आज सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र कम्पनीको बार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर २५ प्रतिशत र नगद लाभांश ५ प्रतिशत गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

कम्पनीको ३१ औ बार्षिक साधारण सभा असोज २८ गते प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११:३० बजे सुरु हुने जनाएको छ । साथै , सो सभाले कम्पनीको हालको जारी पुँजी ५ करोड रुपैयाँबाट बढाएर १० करोड पुर्याउने एजेन्डा पनि पेश गर्दैछ ।

सो सभामा आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने छ।





सम्बन्धित समाचार