१३ आश्विन २०७९, बिहीबार   175 पटक हेरिएको


image

पालिका एक्सप्रेस, इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गते देखि सर्ब-साधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैया अंकित मूल्यमा ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता शयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

सो मध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५ सय १५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४ सय ६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

सर्व-साधारणले बाँकी रहेको  ६ लाख २३ हजार ३ सय ८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन बन्द छिटोमा कात्तिक १ गते तथा ढिलोमा  कात्तिक १४ गते सम्म आबेदन दिन सकिने जनाएको छ । यस हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु साथै  मेरो शेयर एप र पोर्टलबाट  पनि आवेदन दिन सकिने जनाएको छ ।





सम्बन्धित समाचार