१३ आश्विन २०७९, बिहीबार   137 पटक हेरिएको


image

पालिका एक्सप्रेस, भुजुङ हाइड्रोपावर लिमिटेडले सर्ब-साधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्रि गर्ने भएको छ। 

हाइड्रोपावर कम्पनीले रुपैयाँ १०० अंकित दरका कुल ५ लाख ८५ हजार कित्ताको ५ करोड ८५ लाख रुपैया बराबरको साधारण शेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ।

यस कम्पनीको धितोपत्र निष्कासन तथा  बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्। 





सम्बन्धित समाचार