१२ आश्विन २०७९, बुधबार   165 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिक्लेस हाइड्रोपावरको साधारण शेयर (आईपीओ) बाँडफाँड भईसकेको छ । कम्पनीको आईपीओ १ लाख ५ हजार ८ सय जनाले १०/१० कित्ता दरले प्राप्त गरेका थिए ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट ११६.८६ रुपैयाँ देखि ३५०.५८ रुपैयाँ सम्म ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को बास्तबिक प्रतिसेयर नेटवर्थ ११६.८६ रुपैयाँ रहेको छ । जसका आधारमा नेप्सेले पहिलो कारोबारको लागि प्रतिसेयर नेटवर्थको तीन गुणा बढ़ी सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

सोही आधारमा कम्पनीको आईपीओले ११६.८६ रुपैयाँ देखि ३५०.५८ रुपैयाँ सम्म ओपनिङ रेन्ज हुने सम्भाबना रहेको छ।





सम्बन्धित समाचार