२३ कार्तिक २०७७, आईतवार   36 पटक हेरिएको


image

मेष 

 आर्थिक क्षेत्रमा पनि एकदम प्रगति हुने खालको समय रहेको देखिन्छ ।   उन्नतिको अवसर आउने खालको समय रहेको देखिन्छ । विभिन्न काममा तपाईको दायित्व थपिने खालको दिन रहेको देखिन्छ । प्राकृतिक वस्तुको प्रयोग गर्ने बेला आएको देखिन्छ ।

वृष 

चिताएको कामले तीव्रता लिनेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।

 मिथुन 

वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

 कर्कट 

समय उचित स्थानमा सदुपयोगको लागि खर्च गर्ने प्रयास गर्नुहोस्।  आफन्तहरूको घरमा भेटघाटको लागि छोटो यात्रा गर्नाले आफ्नो दैनिक व्यस्त तालिकाबाट सान्त्वना र विश्राम मिल्नेछ।। आज यात्रा-मनोरञ्जन र सामाजिक क्रियाकलाप तपाईंको एजेन्डामा हुनेछ। परिबारिक सम्बन्ध तपाईंहरूको अझ राम्रो हुनेछ।

 सिंह 

परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ।अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्नेछ। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला।

 कन्या 

 सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।  सेवामा सहभागी हुनु पर्ने खालको दिन रहेको देखिन्छ । पेटमा पिडा हुन सक्छ । खानपिनमा बढी ध्यान दिनु पर्ने खालको समय रहेको देखिन्छ । सोचेर अगी बढ्नु होला ।

 तुला 

व्यापार ब्यबसायमा फाइदा हुनेछ ।समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

 वृश्चिक 

विश्वास गरेकाले साथ दिनेछन् । सम्झनाहरुले तपाईंको आजको दिन बित्नेछ।आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । काममा र घरमा केही दबाव पर्नाले तपाईंलाई छिट्टै रिसाउने बनाउँछ। परिवारका सदस्यहरूले सहयोग दिनेछन तर अत्यधिक माग गर्नेछन्।

 धनु 

नियमित कामलाई भने निरन्तरता दिन सकिनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। चोटपटकको योग देखिएकाले अलि सजग रहनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ।

 मकर 

काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन । मन डराउने देखिन्छ । कुनैलाई धन नदिदा फेरी राम्रो हुने खालको दिन रहेको देखिन्छ । कुरा काट्नेहरु बढ्ने देखिन्छ । हरबखत साबधानी अपनाउनु होला ।

 कुम्भ 

धर्म,कर्ममा मन लाग्नेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

 मीन 

शुभ समाचार सुन्न पाइएला ।धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार