१७ भाद्र २०७९, शुक्रबार   190 पटक हेरिएको


image

पालिका एक्सप्रेस, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ नतिजा प्रकाशन गरेको छ । बोर्डले  गत जेठ १६ देखि २५ गते  सम्म जारी परिक्षाको ३,६३,००८ जनाको नतिजा प्रकाशन गरेको छ ।

प्रकाशित नतिजा अनुसार ननग्रेडेड परीक्षार्थीको संख्या भने १८८४१० रहेको छ । ननग्रेडेड परीक्षार्थीको ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन गर्ने भएको छ ।

१२ कक्षाको परीक्षामा ४१७९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ३०१०७ रहेका छन् । २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ६५२८४ ,२.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थी ६४०९३, २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी १०९००, १.६१ देखि २.० जीपीए ल्याउने विद्यार्थी ३५ र १.२१ देखि १.६०  जीपीए ल्याउने विद्यार्थी शून्य रहेको छ भने ननग्रेडेड परीक्षार्थीको संख्या भने १८८४१० रहेको छ ।

दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिम ३० र ३१ गते हुने परीक्षामा सहभागी हुन पाउने छन् ।  नतिजा  हेर्न यो लिंक बाट neb.ntc.net.np/ ,नेपाल टेलिकमको landline/mobile बाट १६०१ डायल गरि निर्देशन अनुसार सिम्बोल नम्बर थिच्नुहोस् वा SMS बाट NEB<SPACE><SYMBOL NUMBER> टाईप गरि १६०० मा SEND गरि  प्राप्त गर्ने सकिने छ ।





सम्बन्धित समाचार