PalikaExpress
१७ भाद्र २०७९, शुक्रबार
233 पटक हेरिएको

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ अन्तर्गत परियोजना कार्यान्वयन एकाइहरुमा विभिन्न कृषि प्राविधिक पदहरुको लागि दरखास्त आह्वान गरिएको छ।
“प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सेवा करारमा कृषि प्राविधिक कर्मचारी छनौट सम्बन्धी योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको हो। दरखास्त बुझाउने अन्तिम मिति भने २०७९/०६/०५ तोकिएको छ । बिस्तृत जानकारीको लागि परियोजना व्यवस्थापन एकाइको कार्यालय खुमल्टार, ललितपुर मा सम्पर्क गर्न सकिने छ।
