१५ भाद्र २०७९, बुधबार   177 पटक हेरिएको


image

पालिका एक्सप्रेस, राष्ट्रिय परीक्षा बोर्डले २०७८ को कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको कक्षा १२ को नतिजा सार्वजनिक आज सार्वजनिक गर्ने भएको छ ।

बोर्डले आज साढे ४ बजे गर्ने गरी सबै तयारी पूरा गरेको जनाएको छ । बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको थियो ।

प्राविधिक कठिनाइ नभए आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको र अहिले नतिजाको अन्तिम रुजु गर्ने काम चलिरहेको बोर्डका सदस्यले जानकारी दिनुभयो ।

नतिजा सार्वजनिक गर्नुअघि दिउँसो तीन बजे बोर्ड बैठक बस्नेछ । यस वर्ष कक्षा १२ को परीक्षामा झन्डै चार लाख विद्यार्थी सहभागी थिए ।





सम्बन्धित समाचार