
एउटा यज्ञकाे समारोहमा जब सतिदेविले आफ्नै पिता द्वारा पति महादेवकाे अपमान सुन्न पर्याे तब उनलाई असह्य भयाे र उनले हुमनकाे आगाेमा हाम्फालेर उनले आफ्नाे देह त्याग गरिन्, सतिदेविकाे पुनरजन्म पार्वतीकाे रुपमा भयाे जाे सानै देखि शिवजि प्रति समर्पित थिईन तर जब उनकाे बिबाहकाे उमेर भयाे उनका माता पिताले बिष्णुसंग बिबाह गराउने तयारि गरे यसले उनी निकै दुखि भईन उनकाे दुखलाई बुझेर उनका साथि संगिले उनलाई अपहरणकाे शैलिमा उनलाई एउटा जंगलमा लिएर गए त्यहा पार्वतीले विना अन्न पानी बर्षाैसम्म कडा तपस्या गरिन् । फलस्वरूप पार्वतिकाे समर्पण देखि प्रभावित भएर महादेव प्रकट भए र उनीसंग बिबाह गर्न राजि भए त्यस पछि हरेक बर्ष यस दिनलाई तिजकाे रुपमा मनाउन थिलियाे ।
पार्वतीकाे तपस्या सफल भएर महादेव वर पाएकाे हुनाले नाचगान गरि उत्सव मनाउन थालियाे भने पार्वतीले झै गरि विना अन्नपानी व्रत वस्ने चलनकाे पनि थालनि गरियाे । साथि संगिले पार्वतीलाई हरन गरेर लगेकाे हुनाले नै यसलाई हरित(हरण) र आलिका(साथिसंगि) यनिकि हरितालिका नामकरण गरिएकाे हाे । नारिहरुकाे महान चाड तिजकाे अवसरमा सम्पूर्ण नारिहरुमा हरितालिका तिजकाे शुभकामना !!