काठमाण्डौ । Nepal Stock Exchange(nepse) को यो साता प्रमुख १० कम्पनीको सूचीमा ग्लोबल आइएमई बैंकको प्रवेश भएको छ । ग्लोबल आइएमई बैंक बजार पूँजीकरणको टप टेन कम्पनीमा परेसँगै स्ट्याण्डर्ड चार्टर्ड यो सूचीबाट बाहिरिएको छ भने एभरेष्ट बैंकको अवस्था केही बिग्रँदा नागरिक लगानीकोषको अवस्थामा भने सुधार देखिएको छ ।


यो साता बजार खुलेको अघिल्लो साता झै बजार पूँजीकरणको टप टेन सूचीमा टप फोर कम्पनी तिनै छन् । १. नेपाल दूरसंचार कम्पनी २. नवील बैंक ३.नेपाल रिइन्स्योरेन्स कम्पनी ४. नेपाल लाइफ इन्स्योरेन्स यो साता पनि अघिको झै क्रमशः टप वानदेखि फोरको सूचीमा कायमै छन् ।
यी ४ कम्पनी बाहेक टप टेनको सूचीमा सामेल अन्य ६ कम्पनीको स्थान भने अदलबदल भएको छ । अघिल्लोपटक यो सूचीको ५ औ स्थानमा एभरेष्ट रहेकोमा सो कम्पनी यो साता भने ९ औ स्थानमा पुगेको छ । यो पटक ५ औ स्थानमा नागरिक लगानीकोष उक्लिएको छ भने ९औ स्थानमा रहेको ९ औ स्थानमा रहेको एनआइसी एशिया बैंक ८ औ स्थानमा आएको छ । अघिल्लो साता नागरिक लगानीकोष बजार पूँजीकरणको टप टेनको सूचीमा ८ औ स्थानमा सीमित थियो ।
यस्तै, छैठौं स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक यो साता सातौं स्थानमा झरेको छ भने अघिल्लो साता सातौं स्थानमा रहेको एनएमबी बैंक छैठौं स्थानमा उक्लिएको छ ।
अघिल्लोपटक स्ट्याण्डर्ड चार्टर्ड बैंकको सूचीको १० औं स्थानमा थियो । तर,यो बैंकको बोनस शेयर ७ प्रतिशत,४.८४ प्रतिशत नगद लाभांश पारित भए संगै यसको कारोबारमा खासै उत्प्रेरित भएको पाएको छैन, सो बैंक यो साता सूचीबाट बाहिरिएको छ भने उसको स्थान ग्लोबल आइएमई बैंकले कब्जा गरेको छ । यहाँ तल यो हप्ता कारोबार भएको Nepse index सहित दिएको छ ।


लेख/रचना प्रकाशित गर्नको लागि र केही सुझाब भए palikapress@gmail.com मा मेल गर्न सक्नुहुन्छ।