PalikaExpress
२१ कार्तिक २०७७, शुक्रबार
310 पटक हेरिएको
२०७७.०७.२१, सानिमा क्यापिटलको पाँचौं वार्षिक साधारण सभा आज शुक्रबार (कात्तिक २१ गते) हुँदैछ । यस साधारण सभामा सानिमा क्यापिटलले ८.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पुतलीसडक काठमाडौमा आज दिउँसो २ बजे सुरु हुनेछ ।
आजको सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ र २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ।
