PalikaExpress
३ श्रावण २०७९, मंगलवार
370 पटक हेरिएको

पालिका एक्सप्रेस, एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ ।बैंकले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो। यस बैंकको ऋणपत्र निष्कासन गर्न साउन २ गते अनुमति दिएको छ ।
एभरेष्ट बैंकले रुपैया १००० अंकित दरमा २० लाख कित्ताको २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न जेठ २४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

कुल निष्कासित ऋणपत्र मध्ये बैंकले सर्व-साधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्ने भएको छ ।
यस बैंकले १० वर्ष अवधि, वार्षिक ५.५ प्रतिशत व्याजदर भएको “१० वर्ष, ५.५% एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९” नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।
यस बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।