
काठमाडौं । श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ । सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो । यता यता, श्रीलंकामा भने भोलि बुधबार नयाँ राष्ट्रपति चयन गरिने कार्यक्रम रहेको छ ।
गत बिहिबार मात्रै पदबाट राजीनामा दिएका पूर्वराष्ट्रपति राजपाक्षे अब कता जान्छन भन्ने आम बिस्वोब्यपी जनमानसको ध्यान केन्द्रित भएको छ। उहाँविरूद्ध सिंगापुरमा थुप्रै मुद्दा चलाउन सकिने आधार रहेकाले पूर्वराष्ट्रपति राजपाक्षे अरू कुनै सुरक्षित देशमा जान सक्ने अनुमान गरिएको छ । आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेकाे सपरिवार नै देशबाट भागेकाे थियाे।