PalikaExpress
२ श्रावण २०७९, सोमबार
270 पटक हेरिएको

नेपाल स्टक एक्सचेञ्जमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । यस हाइड्रोपावर कम्पनीको (१:१) को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर पछि नेप्सेले प्रतिकित्ता २७१.५० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले अन्तिम कारोबार मूल्य ४४३ रूपैयाँका आधारमा मूल्य समायोजन गरी २७१.५० रूपैयाँ कायम गरेको छ । कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १५ गते अनुमति प्राप्त गरेको थियो ।
हाइड्रोपावर कम्पनीको हकप्रद सेयर निष्कासन गर्नका लागि आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ।