
पालिका एक्सप्रेस, ङादी ग्रुप पावरले साउन १८ गते देखि हकप्रद शेयर निष्कासन तथा बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १:१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
यस कम्पनीको सो हकप्रद शेयर साउन १८ गते देखि भाद्र ७ गते सम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि गत असार १९ गते १ दिन बुक क्लोज गरिसकेको छ।
जस कारण असार १८ गते सम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।यस हकप्रद शेयरको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले सिद्धार्थ क्यापिटल को कार्यालय नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप र पोर्टलबाट आवेदन दिन सकिनेछ ।