
पालिका एक्सप्रेस, सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गते देखि सर्ब-साधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।
कम्पनीले सर्बप्रथम आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो। यस हाइड्रोपावर कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १,२ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
यस हाइड्रोपावर कम्पनीको शेयरमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन्।
निष्काशन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ५ गते सम्म आबेदन दिन सकिने जनाएको छ। आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय,बैंक अफ काठमाण्डू,मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
साथै ,नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने जनाएको छ।