
पालिका एक्सप्रेस,मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गते देखि सर्व-साधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ताको ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैया बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयर मध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।
बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्ने छन्।इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन्।
निष्काशन बन्द छिटोमा साउन १२ गते ढिलामा साउन २३ गते सम्म आबेदन दिन सक्ने छन ।यस हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्वा सेवामा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।
साथै, मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्ने छन ।