३१ असार २०७९, शुक्रबार   537 पटक हेरिएको


image

पालिका एक्सप्रेस,अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । अपर तामाकोशी हाईड्रोपावरको २०७९.०३.३० गते बिहिबार बसेको संचालक समितिको २५७ औ बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । 

बैठकले हाल कायम रहेको चुक्ता पुँजिको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न प्रस्ताव साधारण सभामा पेश गर्ने जनाएको छ। 

कम्पनीले १४ औ वार्षिक साधारणसभामा मार्फत हकप्रद स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने निर्णय भएको छ । कम्पनीले विद्युत नियमन आयोग , नेप्से तथा नेपाल धितोपत्र बोर्डलाई समेत जानकारी गराइएको उल्लेख छ। 





सम्बन्धित समाचार