३० असार २०७९, बिहीबार   377 पटक हेरिएको


image

पालिका एक्सप्रेस,श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गते देखि सर्व-साधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

यस कम्पनीले कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रति शेयर १०० अंकित दरका २३ लाख ८९ हजार ५०० कित्ताको २३ करोड ८९ लाख ५० हजार रुपैया बराबरको साधारण शेयर निष्काशन तथा बिक्रि गर्न लागेको हो।

जस मध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। सर्व-साधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारण शेयरका लागि मात्र आवेदन दिन सक्ने छन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन्।कम्पनीको  साधारण शेयर निष्काशन बन्द छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते हुनेछ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

साथै, मेरो शेयर पोर्टल तथा एप मार्फत पनि आवेदन दिन सकिने छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार