PalikaExpress
२९ असार २०७९, बुधबार
509 पटक हेरिएको

पालिका एक्सप्रेस, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधिको , ९ % ब्याजदर भएको “५ वर्ष, ९% स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र ” नामक ऋणपत्र रुपैया १००० अंकित दरमा २४ लाख कित्ताको २ अर्ब ४० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्रि गर्ने भएको छ ।

सो मध्ये ४० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता सर्व-साधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। बैंकले सो ऋणपत्र निष्कासनको लागी अनुमतिको लागि असार ९ गते नियामक निकायमा निबेदन पेश गरेको छ ।