
पालिका एक्सप्रेस, नेपाल एसबिआई बैंक लिमिटेडले आज असार २२ गते देखि निष्कासन गरेको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नामक ऋणपत्र असार २७ गते सम्म आवेदन दिन पाइने भनिएकोमा पर्याप्त मात्रामा बिक्रि नभए पछी अब श्रावण ४ गते सम्म म्याद थप गरि निष्काशन तथा बिक्री खुला गरेको छ ।
बैंकले ५ वर्ष अवधिको , १०.२५% ब्याजदर भएको “५ वर्ष, १०.२५% नेपाल एसबिआई बैंक ऋणपत्र २०८३” नामक ऋणपत्र रुपैया १००० अंकित दरमा ३० लाख कित्ताको ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्रि खुल्ला गरेको हो ।
सो मध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।