२८ असार २०७९, मंगलवार   245 पटक हेरिएको


image

पालिका एक्सप्रेस, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गते भोलि देखि सर्ब साधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्व-साधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले रुपैया १०० अंकित दरमा २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयर मध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्ने छन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतममा २१ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन्।यस  कम्पनीको सो साधारण शेयर निष्काशन बन्द छिटोमा साउन १ गते ढिलोमा साउन ११ गते सम्म आबेदन दिन सकिने जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यलयबाट पनि आवेदन दिन सक्नेछन्।

साथै ,मेरो शेयर एप तथा पोर्टलबाट  आवेदन दिन सकिनेछ।





सम्बन्धित समाचार