PalikaExpress
२८ असार २०७९, मंगलवार
234 पटक हेरिएको

हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ आज मंगलबार असार ८ गते बाँडफाँट भएको छ । गोलाप्रथामार्फत १ लाख ८३ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीको साधारण शेयर मा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएकामा १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो।
कम्पनीले असार १५ गतेबाट १९ गतेसम्म कुल १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । कम्पनीको आइपीओ परेको वा नपरेको केहि बेरमा रिजल्ट हेर्न सकिन्छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिए अनुसार लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।