२७ असार २०७९, सोमबार   344 पटक हेरिएको


image

काठमाडौं । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा भारत विश्वको सबैभन्दा बढि जनसंख्या भएको देश सावित हुने प्रक्षेपण गरिएको छ ।
विश्वको सबैभन्दा बढि जनसंख्या भएको देशमा चीन एक नम्बरमा रहेको र आगामी वर्षमा भारतले चीनलाई उछिन्ने जनाएको छ ।

विश्व जनसंख्या दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघले एक वक्तव्य प्रकाशित गरी यही वर्षको मध्यसम्म विश्वको जनसंख्या ८ अर्ब पुग्ने र भारत जनसंख्याको आधारमा एक नम्बरमा पुग्ने जनाएको छ । सन् २०११ मा संसारमा मान्छेको संख्या ७ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपिए) का अनुसार अहिले संसारभरी ७ अर्ब ९५ करोड ४० लाख मानिस छन् ।
अबको केहि दिनमा विश्वको जनसंख्या ८ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।





सम्बन्धित समाचार