२७ असार २०७९, सोमबार   348 पटक हेरिएको


image

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आज सोमबारबाट सुरु भएको छ। मर्जरपश्चात बैंकहरुले एकीकृत कारोबार आजदेखि सुरु गरेका हुन्। दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेको थिए, सोहि अनुसार बैंकहरुले एकीकृत कारोबार थालेका हुन्। नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो। नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बनेका छन्। दुइ बैंक गाभिएपछि चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएको छ।

जेठ ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो ।





सम्बन्धित समाचार