
पालिका एक्सप्रेस, हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्ब-साधारणलाई निष्कासन गरेको साधारण शेयर (आइपीओ) को असार २८ गते मंगलबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार नक्साल ,काठमाडौंमा असार २८ गते मंगलबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको जानकारी प्राप्त भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ताको १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी गरेको थियो ।
यो मध्ये ५% अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने थियो ।
यस कम्पनीको आइपीओमा साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।यस कम्पनीको साधारण शेयरमा कुल १६ लाख ३२ हजार ८०२ जनाले १ करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् ।
यस कम्पनीको साधारण शेयरमा माग भन्दा १०.१० गुणा बढी आवेदन परेको छ ।